समाज


ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक गम्भीर घाइते

ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक गम्भीर घाइते

नेपालखबर
पुस ९, २०८१ मंगलबार ९:१८, काठमाडौँ

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक पनि गम्भीर घाइते भएका छन्। 

सोमबार साँझ गोदावरी नगरपालिका ३ मोतीचौरमा लुम्बिनी प्रदेश ०१–००२ प ६६६३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६० वर्षीय लुरु सिलवालको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते सिलवालको गएराति बीएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिए। 

दुर्घटनामा मोटरसाइकल चालक १७ वर्षीय इसान बस्नेत पनि गम्भीर घाइते भएका छन्। 

ललितपुरकै चापागाइँ घर भई बाडेगाउँ बस्नेतको ललितपुरमै रहेको केयरएण्डकेयर अस्पतालमा उपचार भइरहेको पौडेलले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad