समाज


छविको बयान आज सकिने, सुरु होला रविको?

छविको बयान आज सकिने, सुरु होला रविको?

नेपालखबर
पुस ९, २०८१ मंगलबार ९:४७, काठमाडौँ

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीको बयान आज (मंगलबार) पनि जारी रहनेछ।

उक्त प्रकरणका प्रतिवादीसँग कास्की जिल्ला अदालतमले सोमबारदेखि बयान लिन थालेको हो। पहिलो दिन छविलालको बयान नसकिएकाले आज दोस्रो दिन पनि जारी रहने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। 

‘उहाँको बयान आज सकिएला र आजै अर्काे प्रतिवादीको बयान सुरु होला’, उनले भने। 

छविपछि रवि लामिछानेको पालो हो त भन्ने नेपालखबरको जिज्ञासामा उनले यो कुरा भने इजलासले निर्णय गर्ने बताए। 

‘आज अर्काे प्रतिवादीको बयान पक्कै सुरु हुन्छ तर कसको भन्ने कुरा अहिले भन्न सकिन्न’, अधिकारीले भने। 

उता जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले भने पक्राउ परेको क्रमअनुसार क्रमशः बयान लिने हो भने छविपछि लीला पछाईंको पालो आउने बताइन्। 

‘पक्राउको रोलक्रमअनुसार नै बयान लिने कुरा कायम रह्यो भने आज लीला पछाईंको बयान पनि सुरु हुनसक्छ’, उनले भनिन्, ‘तर यो इजलासले निर्णय गर्ने कुरा हो।’

सूचना अधिकारी अधिकारीले भने पक्राउ परेको मितिका आधारमा भन्दा पनि आवश्यकताअनुसार बयान लिइने बताए। 

‘आज रविजीकै बयान पनि सुरु हुनसक्छ’, उनले भने, ‘यद्यपि यो इजलासले गर्ने निर्णय हो।’

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले गत आइतबार रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीनवटा कसुरमा जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ। 

सम्पत्ति शुद्धीकरणको समेत मुद्दा लागेपछि रवि लामिछानेलाई सभामुखले सांसद पदबाट निलम्बन गरिसकेका छन्। 

तर उनको पार्टी रास्वपाले भने यो कानुनविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालत जाने बताइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad