बुधबारसम्म विश्वभर कोरोनाबाट संक्रमितको संख्या १ लाख ९८ हजार ७१६ पुगेको हो।
हालसम्म १६६ देशमा पुगेको कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठन डब्लूएचओले महामारी घोषणा गरिसकेको छ।
कोरोना संक्रमित २ लाख पुग्न लाग्दा यसबाट मृत्यु हुनेको संख्या ७ हजार ९८९ पुगेको छ।
हालसम्म कोरोनाको उपचारपछि ८२ हजार ७७९ जना स्वस्थ बनेका छन्।
यसैबीच अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्याले सय नाघेको छ।
अमेरिकी अधिकारीहरुका अनुसार हालसम्म अमेरिकामा ६ हजार ५२२ संक्रमित बन्दा त्यहाँ ११६ जनाको मृत्यु भएको छ। एजेन्सी
यो पनि:
विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्यो १५ सुझाव

प्रतिक्रिया