काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बुधबार) झन्डै ७ डिग्री सेल्सियसमा उक्लिएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियसमा उक्लिएको हो।
हिजो मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस थियो।
आज किन बढ्यो त?
मौसम महाशाखाकी मौसमविद् निर्मला रेग्मीले काठमाडौँ उपत्यकाको आकाशमा रातभरि बादल लागेकोले आज न्यूनतम तापक्रम बढेको बताइन्।
‘राति आकाशमा बादल लाग्यो भने न्यूनतम तापक्रम बढ्छ भने दिउँसो बादल लाग्दा अधिकतम तापक्रम घट्छ’, उनले भनिन्।
उनका अनुसार राति आकाशमा बादल लाग्दा बर्काेको काम गर्ने भएकाले बिहान न्यूनतम बढ्छ। सरल भाषामा बुझ्दा राति आकाशमा बादल लाग्दा पृथ्वीले छाड्ने तापक्रम बाहिरिन दिँदैन।
‘तर दिउँसो बादल लाग्दा घाम लाग्न पाउँदैन र अधिकतम तापक्रम घट्छ’, उनले भनिन्।
गत मंसिर २९ गते २ डिग्री सेल्सियसमा झरिसकेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेर आज ६.७ डिग्रीमा उक्लिएको छ भने त्यसबेला १९/२० डिग्री सेल्सियस रहेको अधिकतम तापक्रम घटेर मंगलबार १७.२ डिग्री सेल्सियसमा झरेको छ।
आज कहाँको न्यूनतम तापक्रम कति, हेर्नुहोस् सूची- (नोट: न्यूनतम आजका हुन् भने अधिकतम हिजाेका हुन्)

२४ घण्टामा सबैभन्दा कममा झरेको तापक्रमलाई न्यूनतम र सबैभन्दा माथि जतिसम्म उक्लिन्छ, त्यसलाई अधिकतम तापक्रम भनिन्छ।
सामान्यतया हरेक दिन न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम ५:४५ बजे मापन हुन्छ। यसैले आजको अधिकतम तापक्रम भने साँझ आउनेछ।
आज मौसम कुन प्रदेशमा कस्तो होला, हेर्नुहोस् तलको तालिका-

Shares

प्रतिक्रिया