समाज


स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न मेडिकल व्यवसायी संघको माग

स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न मेडिकल व्यवसायी संघको माग

नेपालखबर
पुस ११, २०८१ बिहिबार २०:२१, काठमाडौँ

नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न माग गरेको छ।

बिहीबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न सरकारसँग माग गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव कृष्णप्रसाद बजगाईंले मलेसियाको सिन्डिकेट अन्त्य गर्न सरकारसँग पटक—पटक माग गर्दा समेत बेवास्ता गरेको बताए।

उनले देशैपिच्छे स्वास्थ्य क्षेत्रमा सिन्डिकेट देखिएको बताउँदै त्यो अन्त्य गर्न सरकारसँग माग गए। उनले मलेसियामा मरिसकेको सिन्डिकेट यो वा त्यो बहानामा जन्मिनु नहुने स्पष्ट पारे।

महासचिव बजगाईंले दुई अर्ब बढी लगानी रहेको, दुई हजार भन्दा बढी प्राविधिक कर्मचारीको संलग्नता रहेको र करिब १० हजार व्यक्तिहरू आश्रित रहेको क्षेत्र सिन्डिकेटको नाममा तहसनहस बनाउन खोजिएको गुनासो गरे।

उनले गुणस्तरीय सेवाको सुनिश्चितता लागि प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। उनले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्था वैदेशिक रोजगार ऐन, २०६४ समय सापेक्ष परिमार्जित गर्नुपर्ने माग पनि गरे।

उनले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा एकरूपता कायम हुने स्वास्थ्य परीक्षण प्रतिवेदन तयार गरी सबै देशको स्वास्थ्य परीक्षण सबै स्वास्थ्य संस्थाले गर्न पाउने गरी एकै किसिमको सफ्टवेयर प्रणाली अनिवार्य रूपमा स्वास्थ्य संस्थाहरूमा लागू गर्नुपर्ने माग राखे।

संघले सबै देशको स्वास्थ्य परीक्षण शुल्क वैज्ञानिक ढंङ्गले निर्धारण गरी एकरूपता कायम गरिनुपर्ने समेत माग गरेको छ। संघले केही व्यवसायीले मलेसियामा सिन्डिकेट लादेको बताउँदै अन्त्य गर्नुपर्ने माग गरे।

हाल श्रम मन्त्रालय अन्तरगत २१२ वटा स्वास्थ्य संस्था दर्ता भएर स्वास्थ्य परीक्षण गराउँदै आएकामध्ये ३६ वटा संस्थाले मलेसियामा सिन्डिकेट लगाइरहेको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad