समाज


भारतीय दूतावास पुगेर परराष्ट्रमन्त्रीद्वारा सिंहप्रति श्रद्धाञ्जली व्यक्त

भारतीय दूतावास पुगेर परराष्ट्रमन्त्रीद्वारा  सिंहप्रति श्रद्धाञ्जली व्यक्त

तस्बिरः आरजु राणा देउवा


नेपालखबर
पुस १४, २०८१ आइतबार १९:१४, काठमाडौँ

परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालस्थित भारतीय दूतावासमा पुगेर भारतका पूर्वप्रधानमन्त्री मनमानेहन सिंहको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेकी थिइन्। सिंहको शुक्रबार राती निधन भएको थियो। 

परराष्ट्रमन्त्री राणाले आइतबार दूतावास पुगेर श्रद्धान्जली दर्ता गर्दै सिंहको व्यक्तित्वको चर्चा समेत गरेकी छिन्। ‘आज मैले काठमाडौंस्थित भारतीय दूतावासको शोक पुस्तिकामा भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा हार्दिक श्रद्धाञ्जली दर्ता गरेको छु,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘डा. सिंह एक दूरदर्शी नेता र नेपालका सच्चा मित्र हुनुहुन्थ्यो। प्रजातन्त्र र विकासमा उहाँको सहयोगका लागि नेपाली जनताले उहाँलाई सधैं कदर गरिरहनेछन्।’

सिंहको शनिबार राजकीय सम्मानसहित दाहसंस्कार गरिएको थियो। उनको दाहसंस्कारमा अन्य देशका नेता पुगे पनि नेपालबाट भने कसैको प्रतिनिधित्व थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad