वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ।
जसअन्तर्गत अहिले भृकुटीमण्डपमा उद्घाटन सत्र (प्रारम्भ सभा) भइरहेको छ।
यसअघि सहरका विभिन्न ठाउँबाट जुलुस भृकुटीमण्डप आएका थिए।
सभामा पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल, नेकपाका महासचिव विप्लव, नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
हेर्नुहोस् तस्बिरहरू-









सम्मेलनको उद्घाटन समारोह भृकुटीमण्डपमा आयोजना गरिए पनि दुई दिनको बन्दसत्र भने भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा हुने पार्टीले जनाएको छ।
सम्मेलनबाट पार्टीले विचारधारात्मक तथा संगठनात्मक कार्यदिशामा थप विकास गरी प्रारम्भबाट नै वैज्ञानिक समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृति निर्माणको कार्यदिशालाई अघि बढाउने वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले जनाएको छ।
Shares

प्रतिक्रिया