समाज


सातदोबाटोको कलसेन्टरमा सीआईबीको छापा, २ भारतीयसहित ५३ जना पक्राउ

सातदोबाटोको कलसेन्टरमा सीआईबीको छापा, २ भारतीयसहित ५३ जना पक्राउ

नेपालखबर
पुस २३, २०८१ मंगलबार १२:१९, काठमाडौँ

ललितपुरको सातदोबाटोस्थित कल सेन्टरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छपा मारेको छ। 

सोमबार राति छापा मारेर सीआईबीले त्यहाँ कार्यरत कर्मचारी र सञ्चालक गरी ५३ जनालाई फक्राउ गरेको हो। 

पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक र अरु नेपाली रहेका सीआईबीका निर्देशक एआईजी दीपक थापाले जानकारी दिए। 

कल सेन्टरका नाममा त्यहाँ अवैध काम भएको हुनसक्ने प्रहरीको अनुमान छ। कल सेन्टरमा रहेका ८५ वटा ल्यापटप र ८२ वटा मोवाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

कल सेन्टर भनेर भित्र अनलाइन जुवा लगायत अवैध गतिविधि गरेको प्रहरीको अनुमान छ। थप अनुसन्धानका लागि मंगलबार अदालतबाट अनुमति लिने सीआईबीको तयारी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad