समाज


काठमाडौँमा समाजवादी युवा मोर्चाको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँमा समाजवादी युवा मोर्चाको विरोध प्रदर्शन (तस्बिरहरू)

सरोज बैजु
माघ १८, २०८१ शुक्रबार १५:२९, काठमाडौँ

समाजवादी युवा मोर्चाले भ्रष्टाचार, कालोबजारी र महंगीका विरूद्ध तथा जनजीविकाको पक्षमा काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।

योङ कम्युनिष्ट लिग, युवा संगठन नेपाल, युवा संघ नेपाल र नेपाल समाजवादी युवा संघ सम्मिलित मोर्चाको विरोध प्रदर्शन माइतीघर मण्डलबाट सुरु भएर नयाँ बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो।

प्रदर्शनकारीले नेकपा र राज्यबीच भएको ३ बुँदे सहमित कार्यान्वयन गर, महङ्गी नियन्त्रण गर, भ्रष्टाचारी कारवाही गर, सम्पूर्ण प्रगतिशील वामपन्थी तथा देशभक्त युवाहरू एक होऔँ, भ्रष्टचारीलाई संरक्षण गर्नु जघन्य अपराध हो, सुशासन कार्यान्वयन गर आदि लेखिएका प्लेकार्ड बोकेका थिए।

हालको गठबन्धन सरकारविरुद्ध समेत नारा लगाएका प्रदर्शनकारी ‘संयुक्त विरोध प्रदर्शन’ लेखिएको ब्यानर बोकेर अघि बढेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad