फिल्म अभिनेत्री ममता कुलकर्णीलाई महामण्डलेश्वर बनाएपछि किन्नर अखाडामा झगडा सुरु भएको छ।
अखाडाका सन्तहरूले आपत्ति जनाएपछि अखाडाका संस्थापक ऋषि अजय दासले किन्नर अखाडाका आचार्य महामण्डलेश्वर लक्ष्मी नारायण त्रिपाठीका साथै ममतालाई पदबाट हटाएका छन्।
यस सम्बन्धमा अखाडाका संस्थापक ऋषि अजय दासले विज्ञप्ति पनि जारी गरेका छन्।
ग्ल्यामर क्षेत्रकी ममतालाई एकैचोटि महामण्डलेश्वर बनाउँदा धर्म-संस्कार रीतिथिति बिग्रिने टिप्पणी गर्दै उनले ममतालाई पदबाट हटाउन बाध्य भएको बताएका छन्।
उता आचार्य महामण्डलेश्वर लक्ष्मी नारायण त्रिपाठीले भने अजय दासलाई पहिले नै किन्नर अखाडाबाट निष्कासित भएकाले उनले कुन हैसियतमा कारबाही गर्न सक्छन् भनी प्रश्न गरेका छन्।
अभिनेत्री ममता कुलकर्णीलाई महामण्डलेश्वरको उपाधि दिएपछि आचार्य लक्ष्मी नारायणलाई कारबाही गर्ने तयारी भइरहेको थियो।
अभिनेत्री महामण्डलेश्वर बनाउने विषयमा किन्नर अखाडा भित्र विरोध सुरु भएको थियो। यस विषयमा किन्नर अखाडाका संस्थापक अजय दास र आचार्य महामण्डलेश्वर डा लक्ष्मी नारायण त्रिपाठी आमनेसामने भए।
यसैबीच अजय दासले लक्ष्मी नारायण र ममतालाई दुवैलाई पदबाट हटाएका हुन्।
हेर्नुहोस् उनीहरूलाई पदबाट हटाइएको पत्र-

Shares

प्रतिक्रिया