समाज


ब्रिटिस गोर्खा भूतपूर्व सैनिकले दिउँसै बाले लालटिन (तस्बिर)

ब्रिटिस गोर्खा भूतपूर्व सैनिकले दिउँसै बाले लालटिन (तस्बिर)

सरोज बैजु
माघ २२, २०८१ मंगलबार १६:९, काठमाडौँ

ब्रिटिस गोर्खा भूतपूर्व सैनिकले काठमाडौंमा लालटिन जुलुस निकालेका छन्।

सन् १९४७ को त्रिपक्षीय सम्झौताले नेपालीलाई अन्यायमा पारेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

ब्रिटिश गोरखा भूतपूर्व सङ्गठन (बिगेसो) को आह्वानमा पूर्वगोर्खाहरूले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न माग गरिएको प्लेकार्ड बोकेका थिए।

नेपाल, भारत र ब्रिटेनबीच सन् १९४७ मा भारत ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएपछि गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धि भएको थियो। उक्त सन्धी अन्यायपूर्ण भएको ब्रिटिस गार्खाको भनाई छ।

२०७४ जेठ २६ गते सर्वोच्चले सरकारका नाममा परमादेश जारी गर्दै उक्त त्रिपक्षीय सन्धि पुनरवलोकन गर्न आदेश दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad