समाज


महाकुम्भ मेलाका तीर्थयात्री लिएर सुर्खेतबाट छुटेको बस बबईमा दुर्घटना

महाकुम्भ मेलाका तीर्थयात्री लिएर सुर्खेतबाट छुटेको बस बबईमा दुर्घटना

नेपालखबर
माघ २७, २०८१ आइतबार १८:१९, सुर्खेत

भारतको प्रयागराजमा जारी महाकुम्भमा जाँदै गरेका तिर्थयात्री सवार बस सुर्खेतको बबईमा दुर्घटनामा परेको छ। रत्न राजमार्गको बबई-हर्रे सडक खण्डको बबईदेखि एक किलोमिटर उत्तर-पश्चिम हर्रेतर्फ बस दुर्घटनामा परेको हो। 

आइतबार साझ ५:३० बजेको समयमा भे १ ख ४३३१ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बस भारतको उत्तर प्रदेशस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी प्रयागराजमा जारी कुम्भ भेलामा जाँदै गरेको प्रहरीले जानकारी दिएको छ।

घटनास्थलमा प्रहरी चौकी चेपाङ बर्दिया र बबईको टोली खटिएर दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ। 

हालसम्म १५ जना बढीको उद्धार गरिएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad