समाज


प्रकृतिको न्यायका लागि दबाब दिन पुल्चोकमा हस्ताक्षर संकलन

प्रकृतिको न्यायका लागि दबाब दिन पुल्चोकमा हस्ताक्षर संकलन

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १७:२२, काठमाडौँ

भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत भेटिएकी प्रकृति लम्सालका लागि न्याय माग गर्दै पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले विराेध विरोध र्‍यालीसँगै हस्ताक्षर संकलन गरेका छन्।

नेविसंघ पुल्चोकले आयोजना गरेको विरोध र्‍यालीमा क्याम्पसका विद्यार्थीहरू सहभागी भएका थिए। 

र्‍याली पुल्चोक क्याम्पसबाट सुरु गरी लबिम मल हुँदै हरिहर भवनबाट पुन: पुल्चोक क्याम्पस डिन कार्यलयमा आएर सकिएको थियो। त्यसपछि विद्यार्थीले क्याम्पस गेटमा हस्ताक्षर गरे।  

विद्यार्थीहरूले 'प्रकृतिलाई न्याय देऊ', निष्पक्ष छानबिन गर’ लगायतका प्लेकार्डलिएर प्रदर्शन गरे।  

'प्रकृति लम्सालले न्याय पाऊन् र यस्तो घटना फेरि कहिल्यै नदोहोरियोस् भन्नका लागि हामीले विराेध प्रदर्शन गरेका हौँ,'नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पसका इकाइ सभापति विक्रम भण्डारीले भने। 

भारतको उडिसास्थित केआईआईटीको होस्टेलमा नेपाली विद्यार्थी मृत भेटिएपछि घटनाले उग्र रुप लिएको थियो। यही घटनाकै कारण त्यहाँ रहेका विद्यार्थीलाई जबर्जस्ती निकाला गरिएको छ। तर, अहिले विश्वविद्यालय प्रशासनले फर्किन सूचना जारी गरेको छ। विद्यार्थीहरू भने अवस्था सामान्य नभएको भन्दै स्वदेश फर्किँदैछन्। 

सरकारले त्यहाँ रहेका अन्य विद्यार्थीले पनि असुरक्षाको महसुस गरेको भन्दै कूटनीतिक तबरबाट समाधानको पहलमा लागेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad