समाज


कालीमाटी तरकारी बजारमा एक जना मृत फेला, सँगै बस्ने चार जना पक्राउ

कालीमाटी तरकारी बजारमा एक जना मृत फेला, सँगै बस्ने चार जना पक्राउ

नेपालखबर
फागुन ७, २०८१ बुधबार १२:४४, काठमाडौँ

काठमाडौँको कालीमाटी तरकारी बजारमा एक जना मजदुरको हत्या भएको छ। तरकारी बजारमा काम गर्ने मकवानपुरका ४१ वर्षीय रामकृष्ण दाहाल बुधबार बिहान मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। उनको टाउको र शरीरमा चोटपटक देखिएको छ। 

तरकारी बजारमा भारी बोक्ने काम गर्ने दाहालको हत्या आशंकामा प्रहरीले उनीसँगै बस्ने चार जनालाई नियन्त्रणमा लिएको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।  

बिहान कोठा नजिकै शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अहिले कालीमाटी प्रहरी वृत्त र अपराध अनुसन्धान कार्यालयको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। कुटपिटबाट दाहालको हत्या भएको प्रहरीको अनुमान छ। 

पक्राउ परेका चार जना पनि तरकारी बजारमै काम गर्ने र सँगै बस्ने व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad