समाज


इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरण: सशस्त्रकै इन्स्पेक्टर जोशी पक्राउ

इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरण: सशस्त्रकै इन्स्पेक्टर जोशी पक्राउ

फाइल तस्बिर: सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महत


नेपालखबर
फागुन १३, २०८१ मंगलबार ९:४४, काठमाडौँ

कास्कीमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महत मृत्यु प्रकरणमा सशस्त्रकै अर्का इन्स्पेक्टर विवेक जोशीलाई प्रहरीले पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बलको ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले इन्स्पेक्टर विवेकविरुद्ध आत्महत्या दुरुत्साहन आरोपमा कास्की जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो। 

सोबमोजिम अनुसन्धानका लागि २३ नं.गण तनहुँमा कार्यरत इन्स्पेक्टर जोशीलाई सोमबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, डीएसपी वसन्त शर्माले जानकारी दिए।

‘अहिले उनी कास्की प्रहरीको नियन्त्रणमा छन्’, डीएसपी शर्माले मंगलबार बिहान नेपालखबरसँग भने। 

परिवारले दिएको जाहेरीमा सन्तोषीसँग जोशीको प्रेम सम्बन्ध रहेको र उनकै कारण सन्तोषी आत्महत्या गर्ने अवस्थामा पुगेको दाबी गरिएको छ ।

उक्त घटना छानबिनका लागि डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति पनि गठन गरिएको छ।

इन्स्पेक्टर जोशी महतभन्दा एक ब्याच सिनियर हुन्। 

इन्स्पेक्टर सन्तोषी कास्कीको पोखरास्थित सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिम गरिरहेकी थिइन्।

सिन्धुपाल्चोक घर भएकी महत यसै वर्ष निरीक्षकमा भर्ना भएर आधारभूत तालिम गरिरहेकी थिइन्।

सन्तोषी जवानमा भर्ना भएर ९ वर्षदेखि सशस्त्रमै कार्यरत थिइन्।

जवानमै हुँदा २०७८ सालमा असई बनेकी उनले २०८१ मा निरीक्षकमा नाम निकालेकी थिइन्। 

तर, तालिम सकेर काममा फर्किन नपाउँदै मृत भेटिएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad