समाज


भक्तपुरमा एउटै मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, ३ जना घाइते

भक्तपुरमा एउटै मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, ३ जना घाइते

प्रतीकात्मक तस्बिर


नेपालखबर
फागुन १८, २०८१ आइतबार १४:१३, काठमाडौँ

भक्तपुरको सूर्यविनायक नगरपालिका-८, जगाती पुलनजिकै मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु भएको छ।

भक्तपुर प्रहरीले आइतबार दिएको जानकारीअनुसार जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४१ प ३३४ नम्बरको मोटरसाइकलले शनिबार राति पैदलयात्री भक्तपुर नगरपालिका-७, गोलमढी बस्ने ७० वर्षीया तुलसीमाया तुसिबाखलाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सूर्यविनायक नगर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

साथै सोही मोटरसाइकलको ठक्करबाट घाइते अन्य ३ जना मध्यपुर अस्पताल थिमीमा उपचाररत छन्। 

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad