समाज


गोठाटार हत्याका मुख्य अभियुक्तलाई प्रहरीले गोली हानेर लियो नियन्त्रणमा

गोठाटार हत्याका मुख्य अभियुक्तलाई प्रहरीले गोली हानेर लियो नियन्त्रणमा

नेपालखबर
फागुन १८, २०८१ आइतबार १९:१५, काठमाडौँ

काठमाडौँमा गोली चलाएर प्रहरीले एक अभियुक्तलाई पक्राउ परेको छ। गोठाटार हत्याका अभियुक्त भारतीय नागरिक गुड्डु पटेललाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। 

२०७९ असोजमा गोठाटारमा भारतीय नागरिक पटेलको समूहले गोली प्रहार गरी लाल मोहम्मदको हत्या गरेको थियो। 

सोही घटनाको अनुसन्धानमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गोली चलाएर नियन्त्रणमा लिइएको जनाएको छ।  

पटेलको खुट्टामा दुई राउन्ड गोली लागेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले नेपालखबरलाई जानकारी दिए। 

उनलाई टोखाको चन्डेश्वरी अस्पतालमा सामान्य उपचारपछि त्रिवि शिक्षण अस्पताल लगिएको छ। 

प्रहरीले थप दुई राउन्ड हवाई फायरसमेत गरेको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad