समाज


मनकामनाका तीर्थयात्री बोकेको गाडी दुर्घटना : एकको मृत्यु, १४ जना घाइते

मनकामनाका तीर्थयात्री बोकेको गाडी दुर्घटना : एकको मृत्यु, १४ जना घाइते

तस्बिर- आरिफ मियाँ


नेपालखबर
फागुन १९, २०८१ सोमबार १३:६, काठमाडौँ

मनकामना दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री बोकेको भ्यान दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ। गोरखाको सहिद लखन गाउँपालिका–३ कन्टारमा सोमबार बिहान ११:३० बजे दुर्घटना भएको हो।

दुर्घटनामा अन्य १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार १५ जना यात्रु बोकेर चितवनबाट भ्यान तीर्थयात्री लिएर मनकामना आएको थियो।  

दर्शन गरेर फर्कने दुर्घटना भएको उक्त माइक्रो सडकबाट करिब १५ मिटर तल खसेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। 

‘घटनास्थलमा प्रहरी पुगेर घाइतेको उद्धार गरिसक्यो,’ उनले भने, ‘उनीहरूलाई उपचारका लागि तनहुँको आँवुखैरेनीस्थित छिम्केश्वरी अस्पताल लगिएको छ।’

मृतक र घाइतेहरूको पहिचान भने खुल्न बाँकी रहेको उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad