समाज


संक्रमित युवतीसँगै आएका युवा इलाम प्रहरीको निगरानीमा, भारतबाट फर्केका ६ जना क्वारेन्टिनमा

संक्रमित युवतीसँगै आएका युवा इलाम प्रहरीको निगरानीमा, भारतबाट फर्केका ६ जना क्वारेन्टिनमा

नेपालखबर
चैत १२, २०७६ बुधबार ११:१०,

कोरोना संक्रमित युवतीसँगै कतारबाट फर्किएका इलामका एक युवालाई प्रहरीको निगरानीमा घरमै क्वारेन्टिनमा राखिएको छ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार चैत ४ गते फर्किएको थाहा पाएपछि उनको घरमा प्रहरी पुगेको थियो।

उनी पनि कतारबाट संक्रमित युवतीसँग एउटै विमानमा आएका १ सय ५८ जना मध्येकै भएको पुष्टि भएको छ। प्रहरीले उनलाई कसैसँग भेट नगरी घरमै क्वारेन्टिनमा बस्न भनेको छ।

बिब्ल्याँटे प्रहरी चौकीले हाल उनको निगरानी गरिरहेको छ।

यस्तै भारतबाट फर्किएका ६ जनालाई इलामस्थित सामुदायिक अस्पतालको क्वारेन्टिनमा राखिएको छ।

काँकडभिट्टा नाका हुँदै भारतबाट भित्रिएका उनीहरुलाई बु्धबार दिउँसो २ बजेबाट डा. मेघबहादुर पराजुली कम्युनिटी अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad