पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गौशाला धर्मशाला काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्न पाउने सम्झौता उच्च अदालत पाटनले खारेज गरिदिएको छ।
धर्मशाला सञ्चालन गर्न पाउने गरी काठमाडौँ महानगरपालिकाले पशुपति विकास कोषसँग सम्झौता गरेको थियो।
तर पाटन उच्च अदालतका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले उक्त सम्झौता खारेज गर्दै गौशाला धर्मशाला सञ्चालनको अधिकार मारवाडी सेवा समितिलाई दिन बुधबार आदेश जारी गरेको हो।
त्यसो त यसअघि पनि मारवाडी सेवा समितिले नै धर्मशाला सञ्चालन गरिरहेको थियो।
तर गत असोजमा पशुपति क्षेत्र विकास कोषले धर्मशाला सञ्चालनको जिम्मा काठमाडौँ महानगरपालिकालाई दिने भनी सम्झौता गरेको थियो।
जसविरुद्ध मारवाडी सेवा समिति उच्च अदालत पाटनमा रिट निवेदन दिएको थियो। यसमा गत कात्तिक २ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले बुधबार आदेश दिएको हो।
Shares

प्रतिक्रिया