समाज


गंगालाल हृदय केन्द्रमा अब १५ वर्षमुनिका विपन्न बालबालिकाको मुटुको उपचार निःशुल्क

गंगालाल हृदय केन्द्रमा अब १५ वर्षमुनिका विपन्न बालबालिकाको मुटुको उपचार निःशुल्क

नेपालखबर
चैत १३, २०८१ बुधबार १३:५०, काठमाडौँ

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बासबारीले १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ।

अस्पतालको आज बसेको सञ्चालक समितिको बैठकले १५ वर्षमुनिका विपन्न परिवारका बालबालिकाको मुटुको उपचार  निःशुल्क गर्ने निर्णय गरेको हो। 

अस्पतालको  सञ्चालन समितिको अध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आर्थिक अवस्था कमजोर भएका वालवालिकाको उपचार नरोक्न निर्देशन दिएका थिए।

मन्त्रीको निर्देशनअनुसार आन्तरिक श्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या  भएका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको अस्पतालका कार्यकारी निर्देशक रवि मल्लले बताए।

सञ्चालक समिति बैठकले बाल मुटु उपचारका लागि थप स्रोतको खोजी गर्न स्थानीय तहहरुसँग सम्झौता गर्ने निर्णय गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई बार्षिक  पाँच सय सम्म  बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार सहायता दिँदै आइरहेको छ।

तर अस्पतालमा वार्षिक ५ सयभन्दा बढी बालबालिका उपचारका लागि आउने गरेका छन्। अस्पतालमा अनुसार यस वर्षको वर्ष पुष महिनासम्म चार सय ८० बालबालिकाले गंगालालबाट शल्यक्रियासहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन्। 

नेपालमा एक हजार बालबालिकामध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको एक अध्ययनले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad