समाज


राजावादी आन्दोलनका घाइतेलाई भेट्दै गृहमन्त्री लेखक

राजावादी आन्दोलनका घाइतेलाई भेट्दै गृहमन्त्री लेखक

नेपालखबर
चैत २७, २०८१ बुधबार १५:३०, काठमाडौँ

गृहमन्त्री रमेश लेखक राजावादी आन्दोलनका घाइतेलाई भेट्न अस्पताल जाने भएका छन्।

आज (बुधबार) अपरान्ह ४ बजे बानेश्वरको सिभिल हस्पिटलबाट घाइतेहरूसँग भेटघाट सुरु हुने गृहमन्त्रीको सचिवालयले जनाएको छ।

चैत १५ गते राजावादी आन्दोलनका क्रममा दुईजनाको मृत्यु भएको थियो भने कैयौँ व्यक्ति घाइते भएका थिए।

घाइतेमध्ये ४ जनालाई गोली लागेको थियो।

घाइतेहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सरकारले घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad