समाज


त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रका लागि अनलाइन आवेदन सेवा फेरि सञ्चालनमा

त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रका लागि अनलाइन आवेदन सेवा फेरि सञ्चालनमा

नेपालखबर
बैशाख २, २०८२ मंगलबार ११:५१, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्रका लागि अब परीक्षा नियन्त्रण कार्यालयमा भौतिकरुपमा उपस्थित हुनैपर्ने बाध्यता हटेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अनुसार आजदेखि अनलाइन सेवा सुरु भएको जानकारी दिएकी छिन्। 

‘आज २०८२ वैशाख २ गते बिहान ११ बजेदेखि त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्रका लागि अनलाइनबाट आवेदन सञ्चालन गरेको छ,’ उनको सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘हालका लागि भुक्तानी कनेक्ट आइपीएसबाट गर्न सकिनेछ र क्रमशः अन्य भुक्तानी गेटवेहरू समेत समावेश गर्दै जाने जानकारी त्रिभुवन विश्वविद्यालयले दिएको छ।’

त्रिभुवन विश्वविद्यालयले यसअघि २०८० माघ १५ देखि  प्रमाणपत्रको फाराम अनलाइनबाट भर्न मिल्ने सुविधा सुरु गरेको थियो। तर,  अनलाइन सेवा सार्वजनिक भएको भोलिपल्टै वेबसाइट ह्याक भएपछि उक्त सेवा अवरुद्ध भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad