समाज


काश्मिरमा मारिएका सुदीपको न्यायका लागि प्रदर्शन हुँदै

काश्मिरमा मारिएका सुदीपको न्यायका लागि प्रदर्शन हुँदै

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १६:१२, काठमाडौँ

गएको मंगलबार भारतको काश्मिरस्थित पहलगाममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा विभिन्न संगठनले विरोध प्रदर्शन गर्ने भएका छन्।

आतंककवादी समूहको आक्रमणमा बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेको हत्या भएको थियो।

हत्याको विरोधमा  काठमाडौँको चुनदेवी मन्दिर परिसरमा विरोध प्रदर्शन गर्न लागिएको नेपाल नागरिक अभियानका कार्यवहाक अध्यक्ष डा. हरिहर घिमिरेले जानकारी दिए।

नेपाली कांग्रेस आदिवासी जनजाती विभागलेसमेत आतंकवाद विरुद्ध एक्यबद्धता जनाएको छ। त्रिचन्द्र क्याम्पस नेपाल विद्यार्थी युनियन (नेविसंघ) ले समेत शनिबार विरोधको कार्याक्रम राखेको छ ।

यी विभिन्न संघले पाकिस्तानी दूतावास अघि धर्ना दिने जनाएका छन्।

मंगलबार भएको आतंकवादी हमलामा परी नेपाली युवा सुदीपसहित २६ जनाले ज्यान गुमाएका थिए।

सुदीपको बुधबार नै बुटबल ल्याएर अत्यष्टि गरिसकेको छ। सुदीप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार कश्मीरको मिनी स्वीजल्यान्डसमेत भनिने वैसरण उपत्यकामा हिउँ खेल्ने र घुम्ने उद्देश्यले पहलगामा पुगेका थिए। 

आतंककारीले सुदीपलाई नाङ्गै बनाएर गोली हानी हत्या गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad