समाज


चीनभित्र कोरोना टेस्ट किट बेच्न नपाउने कम्पनीलाई निर्यातमा पनि प्रतिबन्ध

चीनभित्र कोरोना टेस्ट किट बेच्न नपाउने कम्पनीलाई निर्यातमा पनि प्रतिबन्ध

नेपालखबर
चैत १९, २०७६ बुधबार ९:५४,

चीनबाट आयातित टेस्ट किटलगायत कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य सामग्रीमाथि युरोपेली मुलुकमा प्रश्न उठेपछि चीनले ती सामग्री देशभित्र बेच्ने अनुमति नपाएका कम्पनीहरुलाई निर्यात गर्न पनि प्रतिबन्ध लगाएको छ। 

यद्यपि घरेलु बजारमा ती सामग्री बेच्न पाउने कम्पनीहरुले भने विदेश पनि निर्यात गर्न पाउने छन्।

युरोपका विभिन्न मुलुकमा चिनियाँ टेस्ट किटको गुणस्तरका विषयमा गुनासो आएपछि चीनले यस्तो कदम चालेको हो।

यो नयाँ नियम टेस्ट किट, फेस मास्क, पीपीई, भेन्टिलेटर, इन्फ्रारेड थर्मोमिटरजस्ता सामग्री निर्यात गर्ने सबै कम्पनीलाई लागू हुनेछ।

नयाँ नियमबारे जानकारी दिँदै चिनियाँ वित्त मन्त्रालय, भन्सार प्रशासन र नेसनल मेडिकल प्रोडक्ट्स एड्मिनिस्ट्रेसनले संयुक्त विज्ञप्ति जारी गरेका छन्। 

नेपालमा पनि चीनबाट ल्याइएको टेस्टकिटमाथि प्रश्न उठेको छ। यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट ल्याइएको र्‍यापिड टेस्ट किटको गुणस्तर मापनपछि मात्रै प्रयोग गरिने बताएको छ।

गुणस्तर मापनका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई जिम्मा दिएको मन्त्रालयका विज्ञ सल्लाहकारले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad