समाज


रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट पाटनको गाबहाल पुर्‍याइँदै

रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट पाटनको गाबहाल पुर्‍याइँदै

फाइल तस्बिर


नेपालखबर
बैशाख १८, २०८२ बिहिबार ९:२०, काठमाडौँ

वर्षा र सहकालको देवताको रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ तानेर आज पुल्चोकबाट पाटनको गाबहाल पुर्‍याइँदैछ। 

रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा १६८२ वर्ष पुरानो मानिन्छ। अक्षय तृतीयको भोलिपल्टबाट रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु हुन्छ। 

मच्छिन्द्रनाथलाई आज पाटनको पुल्चोकबाट तानेर गाबहाल पुर्याइने छ भने त्यसको पर्सि पल्ट  गाबहालबाट तानेर मंगलबजार सम्म पुर्‍याउँने परम्परा रहेको यो जात्राको विषयमा जानकार प्रकाश अवालेले जानकारी दिए। 

रातो मच्छिन्द्रनाथको रथलाई तानेर जहाँ पुर्‍याइन्छ सोही क्षेत्रमा जात्रा मनाउने परम्परासमेत छ। मंगलबजारबाट सुन्धारा हुँदै नगरका विभिन्न क्षेत्रमा तान्दै रथलाई लगनखेलमा पुर्याइन्छ।

रातो मच्छिन्द्रनाथको रथलाई लगनखेल पुर्‍याएको चौथौ दिनमा नरिवल खसाल्ने जात्राको रूपमा मनाउने परंपरा छ। 

नरिवल खसाल्ने जात्रालाई पनि ऐतिहासिक जात्राको रूपमा लिने गरिन्छ। नरिवल खसाल्ने जात्रा सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको रथलाई महिलाहरूले मात्र तान्ने परम्परा छ। यसलाई एकल महिला जात्रा पनि भन्ने गरिन्छ। 

रथलाई महिलाहरूले तानेर इतिटाेलको चार दोबाटोमा पुर्‍याइने छ। इतिटाेलमा मच्छिन्द्रनाथलाई राखेको चार दिनमा पाटन दरबार स्क्वायरको फल्चामा बसेर ज्योतिषहरूबाट दिन हेर्ने प्रचलन छ।

त्यसपछि शुभ साइत पारेर रातो मच्छिन्द्रनाथको रथलाई पाटनको इतिस्टोलबाट तानेर ज्याउलाखेल पुर्याउने परम्परा छ। ज्याउलाखेल पुर्‍याएको चौथौ दिन राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउने प्रचलन छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad