भारतस्थित एसियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्तीमा कोरोना भाइरसको संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ।
मुम्बईमा रहेको सुकुम्बासी बस्तीमा कोरोनाको संक्रमणपछि एक ५६ वर्षका व्यक्तिको मृत्यु भएको सीएनएनले जनाएको छ।
केहिदिनयता बिरामी परेका ती व्यक्तिमा बुधबार मात्रै कोरोना संक्रमण भएको पुष्टि भएको थियो। सोहिदिन उनको मृत्यु भएको हो।
ती व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुमा पनि कोरोनाको संक्रमण हुने सम्भावना भएका कारण उनका परिवारलाई घरमै क्वारेन्टिनको नियम पालना गर्न भनिएको छ।
मुम्बईको ब्रिहनमुम्बइ म्युनिसिपल कर्पोरेसनले उक्त धराभी सुकुम्बारी बस्तीका सबैलाई कोरोनाको परीक्षण हुने जनाएको छ।
यसबीचमा घरबाट कसैलाई ननिस्कन भनिएको छ।

प्रतिक्रिया