समाज


रक्त अभियन्ता अर्जुन अधिकारीलाई ‘अन्तर्राष्ट्रिय रक्तवीर अवार्ड’

रक्त अभियन्ता अर्जुन अधिकारीलाई ‘अन्तर्राष्ट्रिय रक्तवीर अवार्ड’

नेपालखबर
बैशाख २२, २०८२ सोमबार १८:९, सोनभद्र, भारत

ब्लड डोनर्स सोसाइटी नेपालका संस्थापक अध्यक्ष अर्जुन अधिकारीलाई रक्तदान क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप भारतमा आयोजित एक विशेष समारोहमा ‘रक्त क्रान्तिवीर विराङ्गना सम्मान’ प्रदान गरिएको छ।

उक्त सम्मान प्रगति फाउण्डेसनद्वारा मे ४, २०२५ मा उत्तर प्रदेशको सोनभद्रमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय रक्तक्रान्ति सम्मान समारोहमा प्रदान गरिएको हो। प्रमुख अतिथिको रुपमा भारत विधान सभा सदस्य भुपेश चौधरीको उपस्थिति रहेको कार्यक्रममा नेपालसहित भारत, नेपाल, श्रीलंका भुटान लगायतका रक्तवीरहरूलाई सम्मान गरिएको थियो।

भरतपुर निवासी अर्जुन अधिकारी विगत लामो समयदेखि रक्त व्यवस्थापन तथा रक्तदान सचेतना क्षेत्रमा सक्रिय छन्। हालसम्म उनी आफैँले २० औँ पटक रक्तदान गरिसकेका छन् भने सयौँ रक्तदान कार्यक्रम, उत्प्रेरणा अभियानहरू सञ्चालन गरी हजारौँ जीवन रक्षा गर्न सफल भएका छन्।

उनले बताए अनुसार, कार्यक्रमको प्रारम्भ रक्तदान सम्बन्धि सचेतनामूलक प्रभातफेरी कार्यक्रमबाट गरिएको थियो, जसमा करिब ५०० जना सहभागिता रहेको थियो।

उक्त समारोहमा ब्लड डोनर्स सोसाइटी नेपालका संस्थापक केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीको नेतृत्वमा १३ सदस्यीय नेपाली टोलीले सहभागिता जनाएको थियो। तीमध्ये संस्थाका वरिष्ठ केन्द्रीय उपाध्यक्ष हरिप्रसाद न्यौपाने, महासचिव अञ्जन दवाडी, सचिव अञ्जान तिवारी, केन्द्रीय सल्लाहकार भागीरथ बस्याल र बालचन्द्र पोख्रेल, केन्द्रीय सदस्य सुरेन्द्र धिताल, चितवन जिल्ला अध्यक्ष एकराज बुर्लाकोटी, सचिव विपिन पाठक, उपाध्यक्ष अभिषेक अधिकारी, रत्ननगर कमिटी अध्यक्ष रमेश नेपाल, आजीवन सदस्य जनक खड्का र सीता न्यौपाने पनि सम्मानित भएका छन्।

उक्त सम्मानले नेपालमा रक्तदान अभियानलाई अझ सशक्त बनाउने विश्वास अर्जुन अधिकारीले व्यक्त गरेका छन्। उनले थपे, ‘यो सम्मान सम्पूर्ण नेपाली रक्तदाताहरुको हो, जसले हामीलाई प्रेरणा र हौसला प्रदान गर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad