समाज


बीपी राजमार्ग खुल्यो, दुईतर्फी सवारी सञ्चालनमा

बीपी राजमार्ग खुल्यो, दुईतर्फी सवारी सञ्चालनमा

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १३:२१, काठमाडौँ

अवरुद्ध बीपी राजमार्ग खुलेको छ। पहिरो पन्छाएसँगै यातायात सञ्चालन हुन थालेको हो। आज दिउँसो १ बजेबाट अवरोध हटाएर सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक डीएसपी मीनबहादुर घलेले जानकारी दिए।  

सोमबार बेलुका पौने ९ बजे जिल्लाको रोशी गाउँपालिको माम्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो। 

बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक बगाएको छ। गएराति यो सडकमा बाढीले थप क्षति पुर्‍याएपछि राजमार्ग खुलाउन सकिएको थिएन। 

गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो।  
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad