समाज


कपिलवस्तुमा तीव्र गतिको कारले ठक्कर दिँदा ‘मर्निङ वाक’ गरिरहेका २ महिलाको मृत्यु, कार चालक पक्राउ

कपिलवस्तुमा तीव्र गतिको कारले ठक्कर दिँदा ‘मर्निङ वाक’ गरिरहेका २ महिलाको मृत्यु, कार चालक पक्राउ

यात्रुलाई ठक्कर दिएपछि उछिट्टिएर सडकको किनारमा पुगेको कार


नेपालखबर
जेठ २, २०८२ शुक्रबार ८:५७, काठमाडौँ

कपिलवस्तुमा आज बिहान तीव्र गतिको कारले ठक्कर दिँदा दुई महिलाको मृत्यु भएको छ। 

बुद्धभूमि नगरपालिका- १ वसन्तपुरमा शुक्रबार बिहान पौने ६ बजे बीएबी ९५९९ नम्बरको कारले ठक्कर दिँदा दुई महिलाको घटनास्थलमै मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीका अनुसार मृत्यु हुनेमा स्थानीय ६० वर्षीया शान्ता खत्री र सोही उमेरकी तिलकुमारी रायमाझी छन्। 

‘बिहान सबेरै सडकमा हिँडिरहेको बेला बुद्धभूभि- १ वसन्तपुरस्थित पत्थरकोट-गोरुसिंगे सडक खण्डमा कारले ठक्कर दिँदा उहाँहरुको मृत्यु भएको हो,’ डीएसपी अधिकारीले नेपालखबरसँग भने, ‘दुर्घटना स्थलबाट प्रहरीले उहाँहरुलाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका हुन्।’

दुर्घटनापछि कार चालक ३५ वर्षीय खिमराज श्रेष्ठलाई पक्राउ गरिएको उनले बताए। 

तीव्र गतिको कार सडकमा हिँड्दै गरेका यात्रुलाई ठक्कर दिएपछि उछिट्टिएर सडक किनारामा पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad