सडकमा प्रसव पीडाले छटपटाइरहेकी महिलालाई सुत्केरी गराउन सहयोग गर्ने प्रहरी जवान पुरस्कृत भएकी छन्। कैलालीको अस्थायी प्रहरी बिट खैरानामा कार्यरत प्रहरी जवान चन्द्रिका देउवालाई रेकर्डमा रहने गरी बुधबार पुरस्कृत गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
देउवाले कैलालीको गोदावरी नगरपालिका १ चैतन्यपुरको सडकमा प्रसव पीडाले छट्पटिएकी महिलालाई देखेपछि एक व्यक्तिको घरको आँगनमा लगेर सुरक्षित प्रसुती गराएकी थिइन्।
सडकमा प्रसव व्यथाले छटपटाइरहेकी थिइन् एक महिला, प्रहरीले बचाइन् आमा-शिशुको ज्यान
उनले सहयोग गरेर आमा र बच्चाको ज्यान जोगाइ प्रहरीको छवीलाई उच्च बनाउन प्रशंसनीय भूमिका निर्वाह गरेकाले प्रहरी महानिरीक्षक दीपक थापाद्वारा पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। उनलाई कैलालीका प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले पुरस्कार र प्रशंसापत्र हस्तान्तरण गरेका थिए।
उनले सुत्केरी व्यथाले छटपटाइरहेकी महिलालाई सुत्केरी गराउन सहयोग गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। प्रहरी पोसाकमै रहेकी देउवाले यस्तो सहयोग गरेको भिडिओ देखेपछि सामाजिक सञ्जालमा उनको प्रशंसा भइरहेको छ।
Shares

प्रतिक्रिया