समाज


त्रिनगर भन्सारका प्रमुखलाई कुटपिट गरेको आरोपमा धनगडीका ४ नगर प्रहरी पक्राउ

त्रिनगर भन्सारका प्रमुखलाई कुटपिट गरेको आरोपमा धनगडीका ४ नगर प्रहरी पक्राउ

नेपालखबर
जेठ १२, २०८२ सोमबार १३:४, काठमाडौँ

त्रिनगर भन्सार कार्यालय, कैलालीका कार्यालय प्रमुखमाथि कुटपिट गरेको आरोपमा चार जना नगर प्रहरी परेका छन्। 

जेठ १० गते राति १० बजेतिर कैलालीको धनगढी उपमहानगरपालिका २ स्थित त्रिनगर भन्सार कार्यालय कैलालीको परिसरभित्र कार्यालय प्रमुख अनन्त तिमिल्सिनालाई धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुखसहितले कुटपिट गरेको आरोप छ। 

नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीको कमान्डमा खटी गएको टोलीले भन्सार कार्यालयभित्र आई अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। 

जेठ ११ गते लिखित जाहेरी परेपछि कुटपिटमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ। 

पक्राउ पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका-१० घर भएका ५३ वर्षका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामी, कैलालीको धनगढी उपमहानगरपालिका-४, बोराडाँडीका ४६ वर्षीय नगर प्रहरी हवल्दार मणिदत्त भट्ट, धनगढी उपमहानगरपालिका-५ का ४३ वर्षीय नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र कञ्चनपुरको पुनर्वास नगरपालिका-१० का ४३ वर्षीय सवारी चालक रतन मल्ल रहेका छन्।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad