काठमाडौँमा एक व्यक्तिलाई कुटपिट गरी मोबाइल लसुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जेठ ११ गते बेलुका साढे ८ बजेतिर काठमाडौँ महानगरपालिका १३ टंकेश्वरबाट कुटपिट गरी एक व्यक्तिको साथमा रहेको वान प्लस मोबाइल लुटपाट गरी भागेको आरोप छ।
सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उक्त लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरेको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।
लुटपाटको आरोपमा काठमाडौँ महानगरपालिका १३ कालिमाटी बस्ने २४ वर्षका च्वाँचे भन्ने सुरज थापा मगर, यही ठाउँ बस्ने २४ वर्षकै सन्तोष तामाङ र धादिङको धुनिवेशी नगरपालिका ३ घर भइ कालीमाटी बस्ने १९ वर्षका प्रविन भण्डारी पक्राउ परेका हुन्।
उनीहरूले लुटेको मावाइल पनि प्रहरीले बरामद गरेको छ। उनीहरू यसअघि पनि अन्य लुटपाटको घटनामा संलग्न रहेको खुलेको छ।
प्रहरीका अनुसार २०८१ फागुन २९ गते टंकेश्वर नजिक रहेको विजय फार्मेसीबाट आइफोन १४ चारेको, चैत २० गते टंकेश्वरस्थित सडकमा वसन्तपुरका हिमाल सापकोटालाई कुटपिट गरी घाईते बनाएको र वैसाख ११ सोल्टिमोडस्थित रहेको शिव बुक स्टेस्नरीबाट रेडमी मोवाइल र वैशाख ३१ गते भोटेबहाल आजाद गल्लिमा एक होटलमा बस्ने मानिसको करिब आधा तोला सुन, वान प्लस मोवाइल र विभिन्न ईलेक्ट्रिक सामानहरू चोरीमा संलग्न रहेको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार उनीहरूले नै २०८२ जेठ ५ गते बाफलस्थित गाईबाच्छा चोक नजिकबाट एक मानिसलाई कुटपिट गरी रेड्मी मोबाइल र जेठ ६ गते टंकेश्वर स्थित लखनउ बिरियानि होटल सञ्चालकलाई कुटपिट गरि ५ हजार रुपैयाँ लुटपाट गरेका थिए।
जेठ ७ गते टंकेश्वर स्थित सडक खण्डमा तरकारी पसलमा काम गर्ने मानिसलाई कुटपिट गरी रेड्मी नोट १० मोवाइल लुटपाट गरेको आरोप छ।
पक्राउमा परेका च्वाँचे भन्ने सुरज थापा मगर २०८० सालमा अभद्र व्यवहार मुद्दामा र प्रविन भण्डारी २०८१ सालमा चोरी मुद्दामा सजाय पाएको समेत प्रहरीको अभिलेखबाट देखिएको एसपी बोहराले बताए।
Shares

प्रतिक्रिया