भारतीय सेनाका २२ जनाले सगरमाथाको आरोहन गरेका छन्।
नेपालस्थित भारतीय दूतावासका अनुसार लेफ्टिनेन्ट कर्णेल भानु पाठकको नेतृत्वमा रहेको २२ जना सम्मिलित भारतीय सेना पर्वतारोहीहरूको टोलीले मंगलबार सगरमाथाको आरोहन गरेको हो।
भारतीय सेनाले ‘उनीहरूको सफलताले भारतीय सेनाको साहसिक कार्यको भावनालाई मात्र प्रदर्शन’ मात्र नगरी ‘विश्वको सबैभन्दा चुनौतीपूर्ण भूभागमा उत्कृष्टताको परम्परालाई पनि सुदृढ’ पारेको बताएको छ।
225
Shares

प्रतिक्रिया