कोरोना भाइरस संक्रमितको उपचार तथा रोकथामका लागि प्रदेश २ सरकारले सञ्चालन गरेको राहत कोषमा ४८ लाख रकम जम्मा भएको छ।
कोरोना संक्रमितको उपचार तथा रोकथामका लागि खोलिएको राहत कोषमा विभिन्न संघ–संस्थाहरुबाट सोमबार विहानसम्म ४८ लाख १ हजार रुपैयाँ जम्मा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार कर्मचारी र सरकार बाहेकका व्यक्तिबाट कोषमा रकम जम्मा हुने क्रम जारी छ।
सिद्धार्थ बैंक जनकपुर शाखाले रुं१०लाख, जनकपुरस्थित होटेल वेलकमले रु.१ लाख १ हजार, नेपाल बैंक लिमिटेड जनकपुर शाखाले रु.५ लाख, कृषि विकास बैंकले रु.५ लाख, सिटिजन बैंकले रु.७ लाख, कुमारी बैंकले रु.५ लाख, सिभिल बैंकले रु. ५ लाख र माछापुछ्रे बैंकले रु. ५ लाख कोषमा जम्मा गरेको हो।
प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष खातामा दाताहरुलाई सहयोगका लागि अपील गरेको छ।
कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ।

प्रतिक्रिया