इटलीमा कोरोना भाइरस ‘कोभिड १९’ का कारण हुने गरेको मृत्युको संख्यामा कमी आएको छ।
गएको २४ घण्टामा इटलीमा ५ सय २५ जनाको मृत्यु भएको हो।
यो संख्या इटलीमा गएको दुई हप्तायताकै कम संख्या भएको इटलीका अधिकारीहरुले बताएका छन्।
हालसम्म कोरोनाका कारण इटलीमा १५ हजार ८८७ जनाको मृत्यु भएको छ। इटलीमा कोरोनाका कारण सबैभन्दा बढी मानिस मरेका छन्।
इटली कोरोनाले ग्रस्त मूलुकमध्ये एक हो। त्यहाँ हालसम्म १ लाख २८ हजार ९४८ कोरोना संक्रमित पुष्टि भएका छन्। एजेन्सी

प्रतिक्रिया