नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदूत चमीरा अमरासिंघेले काठमाडौँको टुँडिखेलमा सञ्चालन भइरहेको सिप मेला श्रीलंकाका लागि पनि सिकाइ योग्य अभ्यास भएको बताएकी छिन्।
बुधबार मेलाको अवलोकन गर्दै उनले श्रीलंकामा व्यावसायिक, सिपमूलक र प्राविधिक तालिमहरु सञ्चालन भए पनि यसरी धेरै विधालाई एउटै ठाउँमा ल्याएर वृहत सन्देश प्रवाहका रुपमा सञ्चालन नभएको उल्लेख गरिन्।
अवलोकनका क्रममा सहरी योजना आयोगका उपाध्यक्ष एवं मेला निर्देशक समितिका संयोजक डा. सुमननरसिंह राजभण्डारी, आयोगका सदस्य एवं कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झा र प्रमुखको सचिवालय सल्लाहकार सन्तोष गिरीले कक्षा सञ्चानका विधि, प्रक्रिया, तालिमका विषय छनोट लगायत विषयमा जानकारी प्रदान गरेका थिए।

मेला अवलोकनपछि कार्यवाहक राजदूत अमरासिंघेले, काठमाडौँ महानगरपालिकाले सरसफाइ, स्वच्छता र सुन्दरतामा महसुस योग्य काम गरेको उल्लेख गर्दै सिपमेला श्रीलंकाका लागि पनि सिकाइ योग्य भएको धारणा व्यक्त गरेका गरिन्।
‘मैले ए लेभलको परीक्षा सकेपछि व्युटिसियन, खाना, फेसन डिजाइनको व्यावसायिक सिप लिएँ,’ उनको भनाइ छ, ‘त्यसबेला लिएको तालिम अहिले दिनदिनै काम लागेको छ। नेपालमा श्रीलंकाका खानासँग सम्बन्धित रेष्टुरेन्टहरु खास छैनन्। हामी आफैँले आतिथ्यता गर्दा मलाई त्यस बेला लिएको तालिमको उपयोग हुन्छ।’
उनले सिपमूलक तालिमसँग औपचारिक शिक्षाको सम्बन्ध देखाउँदै भनिन्, ‘औपचारिक शिक्षा जति महत्वपूर्ण छ। सिपमूलक तालिम पनि उत्तिकै महत्वपूर्ण छ।’
त्यस क्रममा निर्देशक समितिका संयोजक डा. राजभण्डारीले मेलाका आयाममा चर्चा गर्दै, थोरै समयमा पनि जीवन उपयोगी सिप सिक्न सकिन्छ, रोजगारी र आर्थिक उपार्जनका लागि देशभित्रै सम्भावना छन् भन्ने भावना जागृत गराउनु मेलाका महत्वपूर्ण उपलब्धी भएको बताए।
Shares

प्रतिक्रिया