समाज


२० जना सवार माइक्रो नागढुङ्गामा दुर्घटना, २ जनाको अवस्था गम्भीर

२० जना सवार माइक्रो नागढुङ्गामा दुर्घटना, २ जनाको अवस्था गम्भीर

नेपालखबर
जेठ ३१, २०८२ शनिबार १८:३१, काठमाडौँ

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि दुर्घटना भएको माइक्रोबसका घाइतेको बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपाल अस्पतालमा उपचार भइरहेको छ।
 
काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा३ख ८३२९ नंको माइक्रोबस अनियन्त्रित भई शनिबार अपराह्न सडकबाट करिब ८० मिटर तल खसेको थियो। उक्त माइक्रोबसमा चालक तथा सहचालकसहित २० जना सवार थिए।
 
सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं १८ नीलबाराही गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको कमान्डमा खटिएको सुरक्षा फौजले उनीहरूको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
 
घाइतेमध्ये २ जनाको अवस्था भने गम्भीर रहेको सशस्त्र प्रहरीले जनाएको छ। दुर्घटनामा चार बालबालिका, ५ महिला र ११ पुरुष घाइते भएका छन्।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad