समाज


जडीबुटी–पेप्सीकोला सडक क्षेत्रमा निर्माण गरिएका सबै संरचना हटाउन काठमाडौँ महानगरको आग्रह

जडीबुटी–पेप्सीकोला सडक क्षेत्रमा निर्माण गरिएका सबै संरचना हटाउन काठमाडौँ महानगरको आग्रह

नेपालखबर
असार २, २०८२ सोमबार १२:२०, काठमाडौँ

भौतिक पूर्वाधान तथा यातायात मन्त्रालय र काठमाडौँ महानगरपालिकाले काठमाडौँको जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको सडक क्षेत्रमा निर्माण गरिएका सबै संरचना हटाउन पुनः आग्रह गरेको छ। 

यातायात मन्त्रालय र काठमाडौँ महानगरपालिकाले सोमबार सूचना जारी गर्दै सडकको केन्द्र रेखाबाट दायाँ बायाँ दुवैतर्फ १५र१५ मिटर सडक क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको हो। 

‘नेपाल सरकार र स्थानीय सरकारका सम्बन्धित निकायहरूबाट संयुक्त रूपमा मिति २०८२र०१र१० गते सडक सीमाको सीमाङ्कन गरी चिनो लगाइएको वा किला गाडिएको हुँदा सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को अवज्ञा गरी उक्त स्थानमा सडकको सीमा क्षेत्रभित्र नक्सा पास बिनारनक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू २०८२ आषाढ मसान्तसम्म सम्बन्धित व्यक्तिबाटै हटाउन र भत्काउन मनासिब माफिकको म्याद तोकी यो सूचना (दोस्रो पटक) प्रकाशित गरिएको छ।’

तोकिएको म्यादभित्र अनधिकृत संरचना नहटाएमा सार्वजनिक सडक ऐन २०३१ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड तथा कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही गरिने पनि सूचनामा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad