संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिले आइतबार जारी गरेको तीनजना न्यायाधीश र एकजना न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ सम्बन्धी आफ्नो सूचना सच्याएको छ।
समितले सर्वोच्च अदालतमा सिफारिस भएका तीन न्यायाधीश र न्याय परिषद्मा सिफारिस एकजना सदस्यमा उजुरी आह्वान गर्दै आइतबार पहिलोपटक सूचना जारी गरेको थियो।
सर्वोच्च अदालतमा सिफारिस ३ न्यायाधीश र १ न्याय परिषद् सदस्यमा उजुरी आह्वान
तर, त्यो सूचनामा सर्वोच्च अदालतको न्यायाधीशमा सिफरिस भएका दोलखाको तामाकोसी गाउँपालिका ३ ठेगाना भएका वरिष्ठ अधिवक्ता मेघराज पोखरेल र उच्च अदलत जनकपुरको मुख्य न्यायाधीश श्रीकान्त पौडेलसम्बन्धी विवरण गतल भएपछि आज सच्याएर अर्को सूचना जारी गरेको हो।
न्याय परिषद्ले सर्वोच्च अदलतको न्यायाधीशमा सिफारिस गरेको पोखरेल, पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाका सम्बन्धमा कुनै सूचना वा उजुरी भए दिनको लागि आह्वान गर्दै सूचना जारी गरेको छ।
त्यसैगरि न्याय परिषद्को सदस्यमा सिफारिस भएका वरिष्ठ अधिवक्ता महेश नेपालका सम्बन्धमा पनि कुनै उजुरी भए दिन समितिले आह्वान गरेको छ।
‘उनीहरुलाई ती पदमा नियुक्ति गर्न उपर्युक्त छैन भने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित यो सूचना प्रकाशित भएको मितिले दश दिनभित्र सूचना वा उजुरी दिने जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ समितिले जारी गरेको सूचनामा भनिएको छ।
गएको जेठ २७ गते न्याय परिषद्ले पोखरेल, पौडेल र थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।
संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।
हेर्नुहोस् सूचना

Shares

प्रतिक्रिया