समाज


पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’

पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’

नेपालखबर
असार ३, २०८२ मंगलबार ६:५, काठमाडौँ

मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि भोजपुरमा सातौँ ‘मुन्दुम ट्रेल रेस’ आयोजना गरिने भएको छ । खेलकुद तथा दौडका मध्यमबाट पदमार्गको प्रचारप्रसारमा टेवा पुर्‍याउने लक्ष्यसहित रेस आयोजना हुने भएको हो।

पर्यटकीयस्थल चखेवा भञ्ज्याङबाट टेम्केडाँडा हुँदै खोटाङको सिमाना तावाभञ्ज्याङ र पुनःतावाभञ्ज्याङबाट पाँचधारे, रतिया, मझौले, हात्ती खर्क हुँदै चखेवासम्म प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ। 

मुन्दुम ट्रेल रेस यही असार ७ गते २२ किलोमिटरमा सञ्चालन हुने आयोजक रिमाचुङ, एजुकेसन एण्ड स्पोर्टस् एकेडेमीका अध्यक्ष पाविहाङ राईले जानकारी दिए । प्रतियोगितामा नौ समूहको सहभागिता रहने आयोजकले जनाएको छ। 

एक समूहमा तीन महिला र तीन पुरुष गरी छ जनाको सहभागिता रहनेछ । वर्षात्का समयमा पनि पदमार्ग भ्रमणका लागि कुनै पनि समस्या नहुने सन्देश दिन प्रतियोगिता सञ्चालन गरिएको उनको भनाइ छ। 

प्रतियोगितामा समूहतर्फ प्रथम हुनेले प्रमाणपत्रका साथमा रु ४० हजार, द्वितीय हुनेले रु ३० हजार र तृतीय हुने रु २० हजार पाउनेछन् । एकल प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु १५ हजार, १० हजार र पाँच हजार पाउने आयोजकले जनाएको छ। 

पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यका साथ टेम्केमैयुङ गाउँपालिकाको रु पाँच लाख आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad