समाज


'अन टेस्ट' मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु, २ जना घाइते

'अन टेस्ट' मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु, २ जना घाइते

नेपालखबर
असार ६, २०८२ शुक्रबार १५:१७, काठमाडौँ

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।  झापा गाउँपालिका-४ चौधरी टोलस्थित सडकमा पन्थपाडाबाट झापा बजारतर्फ जाँदै गरेको अन टेस्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय साहिदुल हकको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको पनि बिएण्डसी अस्पतालमा र सोही मोटरसाइकलमा सवार अर्का १ जनाको विर्तासिटी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad