त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विश्वभाषा क्याम्पसले विभिन्न भाषामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नयाँ भर्ना आह्वान गरेको छ।
बिहीबार सूचना जारी गर्दै क्याम्पस प्रशासनले आगामी साउन १५ गतेदेखि सञ्चालन हुने नयाँ शैक्षिक सत्रका लागि भर्ना आह्वान गरेको हो।
चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजीका लागि फाराम खुला गरिएको सूचनामा उल्लेख छ।
इच्छुक विद्यार्थीले यही असार १५ गतेदेखि २९ गतेसम्म फारम भर्न सक्नेछन्।
हेर्नुहाेस् सूचना

402
Shares

प्रतिक्रिया