समाज


नेपाल शिक्षक संघले भन्यो– अर्को संघर्षका लागि मानसिकरुपमा तयार रहनू

नेपाल शिक्षक संघले भन्यो– अर्को संघर्षका लागि मानसिकरुपमा तयार रहनू

नेपालखबर
असार १६, २०८२ सोमबार १५:५१, काठमाडौँ

नेपाल शिक्षक संघले तोकिएको समयमा विद्यालय शिक्षा ऐन पारित नभएपछि शिक्षक र कर्मचारीलाई न्यायपूर्ण संघर्षका लागि मानसिक रुपमा तयार रहन आग्रह गरेको छ। 

संघले सोमबार विज्ञप्तिमार्फत विद्यालय शिक्षा ऐन ल्याउन षड्यन्त्रका तानाबाना बुनिन थालेको भन्दै संघर्षको तयारी गर्न शिक्षक महासंघलाई समेत आग्रह गरेको हो। 

असार १५ गते  विद्यालय शिक्षा विधेयक  पारिक गर्ने गरी सहमति भए पनि विधेयक प्रतिनिधिसभासम्म पनि नपुगेकाले त्यसले शिक्षकहरुलाई सशंकित र आक्रोशित बनाएको जनाएको छ। 

संघका महासचिव ज्ञानेन्द्रबहादुर रावलद्धारा हस्ताक्षरित विज्ञप्तिमा ऐन जारी गर्न सम्बन्धित पक्षलाई अत्यन्त गम्भीर र संवेदनशील हुन र तत्काल सहमति भए बमोजिमका माग मुद्दाहरू समेटिएको विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्ने कार्य अगाडि बढाउन अनुरोध गरिएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘सम्झौता गर्ने तर कार्यान्वयनमा उदासिनता देखाउने सरकारको रवैया र चरित्रका कारण गुणस्तरीय शिक्षा ऐन जारी गर्ने विषयमा पुनः कालो बादल मडारिन थालेको, सहमति विपरीत षड्यन्त्रका तानाबाना बुनिन लागेको अनुभुति भएकोले पुनः एकपटक जोडदार संघर्षको तयारी गर्न नेपाल शिक्षक महासंघलाई दबाबपूर्ण अनुरोध गर्दै न्यायप्रेमी आम शिक्षक तथा कर्मचारी साथीहरूलाई न्यायपूर्ण संघर्षको लागि मानसिकरुपमा तयार रहन तथा त्यसबाट निस्कने परिणामको जिम्मेवार नेपाल सरकार नै हुने कुरा समेत प्रष्ट पार्न चाहान्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad