राजनीति


कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ७० हजार

कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ७० हजार

सन्तोष अधिकारी
असार १६, २०८२ सोमबार १५:५६, काठमाडौँ

नेपाली कांग्रेसको क्रियाशील सदस्यको संख्या ८ लाख ७० हजार नाघेको छ। ९ महिनापछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यको अध्यावधिक विवरणबारे पाओर पोइन्टमार्फत प्रस्तुत गरेका हुन्। 

जसअनुसार ८ लाख ७० हजार ७८० जना कांग्रेसका क्रियाशील सदस्य हुन्।  जसमा १४औं महाधिवेशनमा नवीकरण गर्नेहरू ४ लाख २३ हजार ४३४ जना र नयाँ ४ लाख ४७ हजार ३४६ जना र नेपाली जनसम्पर्क समितिबाट १९ हजार ५९२ जना क्रियाशील छन्। 

कति पुग्यो सदस्यता छपाइ र वितरण? 
कांग्रेसले अहिलेसम्म ८ लाख ५१ हजार ७८० संख्यामा सदस्यता कार्ड छपाइ भएको जनाएको छ। यो ७४ जिल्लाको तथ्यांक हो। बारा, डोल्पा र मुस्ताङका १ लाख ९४३ बाहेक ८ लाख ५० हजार ८४६ र जनसम्पर्क समितिमा ९ हजार ६१८ सदस्यता वितरण भइसकेको छ। 

नवीकरणको अवस्था

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको फाराम ०७९ चैत २२ गतेदेखि नै जिल्लामा पठाउन थालिएको थियो। सोहीअनुसार ८ लाख ७० हजार ८८४ वटा फाराम पठासकिएको बताइएको छ। 

यसका लागि कार्यतालिकासहित नवीकरणको समयावधि तोकेर सिस्टममा इन्ट्री गर्न भनिएको र सोहीअनुसार जिल्लाबाट विवरण आउन थालेको पनि थापाले जानकारी गराए।   

कति जिल्लाको के छ अवस्था?
यही असार १२ गतेसम्मको विवरणअनुसार परिवत्र बमोजिम नवीकरण प्रविष्ट गरेका-बुझाएका जिल्ला ५ वटा छन्। त्यस्तै सिस्टममा प्रविष्ट भइरहेका जिल्लाको संख्या १५, जिल्लामै निर्णय प्रक्रियामा रहेका जिल्ला १०, वडाबाट जिल्लामा नवीकरण फारम संकलन भइरकेका जिल्ला ३३, नवीकरणमा समस्या भएका जिल्ला १४ छन्।  

नयाँ सदस्यताबारे
नयाँ क्रियाशील सदस्यता फारम २ लाख १७ हजार ९०१ वटा पठाइएको। यो भनेको नवीकरण भएको सदस्य संख्याको २५ प्रतिशत भएको भनिएको छ। 

१७ जिल्लाले वडा सदस्यता फारम पठाएको जानकारी गराए पनि दोलखाबाहेक कुनै पनि जिल्लामा नयाँ क्रियाशील सदस्यता वितरण भएको जानकारी नभएको पनि बैठकमा बताइएको छ।  

हाल नवीकरणमा ध्यान दिन र हाल नयाँ वितरण नगर्नको लागि सबै जिल्लालाई जानकारी गराइएको पनि थापाले उल्लेख गरे। 

नयाँ सदस्यता उपलब्ध गराउँदा जनसंख्या, मतसंख्या, क्लस्टरअनुसारको संख्या र सदस्यताक माग एवम् आवश्यकतासमेतलाई हेरी उपलब्ध गराउने गरी मापदण्ड बनाइ साउनपछि वितरण अभियान गरिने पनि उनले जानकारी गराए। 

त्यस्तै उनले जनसम्पर्क समिति सदस्यताको व्यवस्था गरी सदस्यता फारम र वितरण प्रक्रियाअगाडि बढाइएको पनि बताए।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad