२६ लाख रुपैयाँ बिगो रकम भएको आपराधिक विश्वासघात तथा ठगी सम्बन्धी कसुर मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन्।
प्रहरीले चितवन भरतपुर महानगरपालिका २ घर भइ काठमाडौँ महानगरपालिका ७ सिफल बस्ने वर्ष ५३ को जीवन राज कडेललाई पक्राउ गरेको हो।
कडेल समेत भएको उक्त मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
126
Shares

प्रतिक्रिया