स्रोत नखुलेको ८ लाख ५० हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन्। शहीदनगर नगरपालिका-३ यदुकुहाबाट बिहीबार बिहान उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मधुवनी बासोपट्टी ग्राम पंचायत बस्ने ४१ वर्षीय श्रवण महतो र ३२ वर्षीय महेश कुमार झा छन्।
इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले बीआर ३२ वाई ९२६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
12
Shares

प्रतिक्रिया