वैदेशिक रोजगारीका लागि लक्जेम्बर्ग लैजाने भन्दै १२ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नवलपरासी (पश्चिम) को सरावल गाउँपालिका–२ घर भइ हाल ललितपुरको कोन्ज्योसोम गाउँपालिका ४ बस्ने ४० वर्षीय भुप नारायण चौधरीलाई नियन्त्रणमा लिएको हो।
चौधरीले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि लक्जेम्बर्ग लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
पीडितहरूले दिएको जाहेरीका आधारमा पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाईएको छ।
93
Shares

प्रतिक्रिया