काठमाडौँ उपत्यकामा डुबानलगायतका प्राकृति विपद् हुनसक्ने भन्दै उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा रहेको बताएको छ।
त्यसका लागि उपत्यकाका तिनवटै जिल्लाबाट ४ सयभन्दा बढी जनशक्ति परिचालन गरिने पनि सशस्त्र प्रहरीले जानकारी दिएको छ।
भक्तपुरस्थित गुहेश्वरी गण, ललितपुर स्थित दक्षिणकाली गण, कीर्तिपुर निलबाराही गण, सिनामंगलस्थित बिपद उद्दार गण, बाघभैरब गुल्म तथा सुरक्षा बेसहरुमा आवश्यक बिपद् उद्दार सामाग्रीसहित २४सै घन्टा परिचालन हुन सक्ने गरि सुरक्षाकर्मी तयारी हालतमा राखिएको बताइएको छ।
30
Shares

प्रतिक्रिया