समाज


पसल फुटाएर ४० थान मोवाइल चोरी गरेको आरोपमा २ युवक पक्राउ

मोवाइल चोरेर भागेका उनीहरू सीसीटीभी फुटेजका आधार भक्तपुरबाट पक्राउ परेका हुन्
पसल फुटाएर ४० थान मोवाइल चोरी गरेको आरोपमा २ युवक पक्राउ

नेपालखबर
असार २८, २०८२ शनिबार ७:२७, काठमाडौँ

मोबाइल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले भक्तपुरबाट दुई युवकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका- २ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका- ५ छालिङ बस्ने १९ वर्षीय सुमन वाइबा र सोही ठाउँका सुरेश वाइबा छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनीहरुले यही असार १३ गते बिहान ४ बजेतिर काभ्रेको पाँचखाल नगरपालिका- ४ समाजकल्याण चोकमा रहेको रविन इलेक्ट्रोनिक सेन्टरबाट ४० थान सेकेन्ड ह्यान्ड मोवाइल चोरी गरेका थिए। मर्मतका लागि ग्राहकले ल्याएका मोवाइल उनीहरुले चोरी गरेका पाइएको छ। 

चोरीपछि फरार रहेका उनीहरुलाई सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गरिएको र यही असार २४ गते चाँगुनारायणस्थित डेराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेले जानकारी दिए। 

उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका मोवाइल १३ थानसमेत बरामद गरेको छ। उनीहरुलाई जिल्ला अदालत काभ्रेबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डीएसपी घलेले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad